Comments Add Comment

भूवनले बनाउने भए ‘क्याप्टेन’, अनमोल अब फूटबल खेलाडी


‘होस्टल, जेरी, ड्रिम्स, गाजलु’मा आफ्नो अभिनय भन्दा पनि चकलेटी अनुहारका कारणस्टार बनेका नायक अनमोल केसीले अब भने आफूलाई परिवर्तन गर्न थालेका छन् ।

४ वटा चलचित्र सुपरहिट भएपछि सुपरस्टार बनेका नायक केसीलाई पाँचौ चलचित्रमा भने दर्शकले निकै भिन्न भूमिकामा देख्नेछन् । अनमोललाई माघ २६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कृ’मा दर्शकले चकलेटी र आक्रामक अवतारमा देख्नेछन् । अनमोल केसीले पनि यस्तो अभिनय गर्छन् र ? यस्तो शरीर बनाउन सक्छन् र ? भन्ने प्रश्न ‘कृ’को ट्रेलर रिलिज भएपछि दर्शकको मनमा उब्जने पक्का छ ।

उनै, अनमोल केसी अब छैठौ प्रोजेक्टमा भने फूटबल टिमको क्याप्टेन बन्ने भएका छन् । अनमोलका पिता नायक भूवन केसीले बनाउन लागेको चलचित्र ‘क्याप्टेन’मा उनी फूटबल खेलाडी बन्न लागेका हुन् । द सुपर काजोल फिल्मस्को ब्यानरमा यो चलचित्र बन्नेछ ।

अनमोललाई चलचित्रमा पूर्वको एक सानो गाउँबाट फूटबल सुरु गरेर राष्ट्रिय स्तरको खेलाडी बनेको देखाइनेछ । यो चलचित्रलाई ‘ऐश्वर्य’ निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्दैछन् । चलचित्रको छायांकन फागूणबाट सुरु हुनेछ । अनमोल चलचित्रको पूर्व तयारीका लागि पूर्व जाने तयारीमा पनि छन् ।

नायक भूवन केसीले अनलाइनखबरसँग भने-‘हो, हामीले एउटा फरक कथामा चलचित्र बनाउने तयारी गरेका छौ । यसमा व्यवसायिकता र आर्ट दुबै मिश्रण हुनेछ । अनमोलका फ्यानका लागि ‘क्याप्टेन’ एउटा सरप्राइज पनि हो ।’

चलचित्र ‘कृ’ रिलिज लगतै अनमोलले यो चलचित्रको छायांकन सुरु गर्ने तयारी गरेका छन् । आउँदो बर्षको तिजमा यो चलचित्र रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment