+
+
Shares

शुक्रवारबाट सानिमा लाईफ इन्स्योरेन्स सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २५ गते १२:३४


२५ मंसिर, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले शुक्रवारबाट जीवन बीमा व्यवसाय सुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथि बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले व्यवसाय शुभारम्भ गरे ।

सानिमा बैक तथा राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैर आवसिय नेपालीहरुको समुहले कम्पनीको प्रवद्र्धन गरिएको छ ।

कम्पनीको शुभारम्भमा सानिमा सरल तथा एकल भुक्तानी (सावधिक) जीवन वीमा योजना, सानिमा दिर्घायु (सावधिक तथा आजीवन) जीवन वीमा योजना र सानिमा धनपति (अग्रिम भुक्तानी) जीवन वीमा योजना सञ्चालनमा ल्याएको छ ।

कम्पनीको अधिकृत पूँजी ३ अर्व र जारी पूँजी रु २ अर्व रहेको छ । जारी पुजी मध्ये रु १ अर्व ४० करोड चुक्ता भै सकेको छ । कम्पनीले निकट भविष्यमा जारी पुजीको ३० प्रतिशत अर्थात रु ६० करोड सर्वसाधारणमा सेयर विक्री गर्नेछ ।

कम्पनीले सोही दिन सम्पन्न प्रथम वार्षिक साधारण सभाले कुमार प्रसाद कोइराला, घनश्याम थापा, सुवर्णदास श्रेष्ठ र बद्रि बिशाल घिमिरे सञ्चालक समितिमा नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?