Comments Add Comment

चुनाव जितेपछि प्रचण्डले भने-सरकार गठन र पार्टी एकता सँगसँगै


२५ मंसिर, चितवन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्ने बताएका छन् । साथै प्रतिकुलताका बीच चुनाव गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।

चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रचण्डले मतदातालाई धन्यवाद दिए । जनताले स्थायित्वका लागि मत दिएको भन्दै उनले इमान्दार भएर जनतासामू गरिएका बाचा कार्यान्वयनमा लाग्ने बताए ।

सरकार गठनका क्रममा भागवण्डामा सदस्या हुनसक्छ कि भन्ने प्रश्नमा उनले भने, ‘भागवण्डा हाम्रो मुख्य एजेण्डा होइन । सम्बृद्धि र स्थायित्व हाम्रो एजेण्डा हो ।’

उनले सरकार गठन अघि नै पार्टी एकता गर्न पाए हुन्थ्यो भन्ने लागेको तर, समयले सम्भव नहुन सक्ने भन्दै सरकार गठन र पार्टी एकतासँगसँगै अघि बढ्ने बताए ।

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई धन्यवाद दिए । पराजय भोग्नु पर्ने थाहा हुँदा हुँदै चुनाव गर्ने बाचा पूरा गरेको भन्दै उनले देउवालाई धन्यवाद दिए ।

पत्रकारहरुको एक प्रश्नमा उनले संविधान संशोधन समय क्रममा आवश्यकता आनुसार हुँदै जाने बताए । प्रदेश २ को मत परीणामले वाम गठबन्धनले अझ मेहनत गर्नु पर्ने र जनताका बीच जानु पर्ने देखाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment