
२६मंसिर, धनगढी । कैलाली क्षेत्रनम्बर २ को मतगणना कार्य रोकिएको छ । मुचुल्कामा भन्दा कम मत मतपेटिकामा भेटिएपछि गणना कार्य रोकिएको हो ।
कोटातुल्सिपुर बुथको मतपेटिकामा मुचुल्कामा उल्लेख भएको भन्दा १०९ मत कम भेटिएर विवाद भएपछि गणना रोकिएको मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले बतायो ।
कैलाली क्षेत्रनम्बर २ मा एमालेका झपटबहादुर रावल र कांग्रेसका मोहनसिंह राठौरबीच प्रतिस्पर्धा छ । एमाले उम्मेदवार रावल २ हजार भन्दा बढी मतअन्तरले अगाडि छन् ।
गणना रोकिएको अवस्थासम्म रावलको १३ हजार २८६ र राठौरको ११ हजार १८८ मत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4