+
+
Shares

तत्काल पार्टी नेतृत्व परिवर्तन सम्भव छैनः बालकृष्ण खाँण

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २६ गते २०:०४

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले तत्काल पार्टी नेतृत्व परिवर्तन सम्भव नभएको बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारलाई सम्बोधन गर्दै नेता खाँणले भने, ‘निर्वाचनमा पार्टीले व्यहोरेको हारको जवाफदेहिता पार्टी सभापति शेरबहादुर देउवाले मात्रै नभएर सबैले लिनुपर्ने छ । तत्काल नेतृत्व परिवर्तन हुँदैन ।’

‘अहिले कसैले पार्टी सभापतिबिरुद्ध अभिव्यक्ति दिँदैमा केही हुनेवाला छैन’, उनले भने, ‘पार्टी नेतृत्व परिवर्तन भएन भने हस्तक्षेप गर्छु भनेको पनि सुनियो, तर यस्तो भन्ने नैतिक अधिकार उहाँलाई पनि छैन ।’

उनले विशेष महाधिवेशन बोलाइए पनि पार्टी नेतृत्व परिवर्तन नहुने ठोकुवा गरे ।

उनले थपे, ‘विशेष महाधिवेशन बोलाए पनि नेतृत्व परिवर्तन हुँदैन, यो म अहिल्यै नै भन्छु ।’ खाँणले पार्टीलाई सशक्त रुपमा अघि बढाउनको लागि बरु एकजुट भएर नेतृत्वलाई सघाउनतिर नेताहरु लाग्ने विश्वास दिलाए ।

महामन्त्री डा. सशांककोइरालाले पनि सामूहिक रुपमा पराजयको जिम्मेवारी लिँदै अब पार्टीलाई पुनः स्ट्रेन्थ प्रदान गर्न एकजुट भएर लाग्नु पर्ने अभिव्यक्ति दिएकोले सबैको ध्यान अब एकजुट भएर अघि बढ्ने नै रहेको उनले जनाए ।

त्यस्तै, उनले पार्टी सभापति देउवाले चाहे उनी अाफै संसदीय दलको नेता बन्ने समेत स्पष्ट पारे ।

‘उहाँले चाहनुभयो भने संसदीय दलको नेता अाफैं बन्नुहुन्छ’, उनले भने । पार्टीले निर्वाचनमा भोगेको पराजय अस्वभाविक भएको भन्दै हारको सबैले जिम्मेवारी लिनुपर्ने उनको भनाई थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?