+
+
Shares

जितको खुसी साट्न मतदाताको घर-घरमा पुगे गिरिराजमणि

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २६ गते १४:०४


२६ मंसिर, महोत्तरी । महोत्तरी जिल्ला क्षेत्र नम्बर-१ बाट विजयी विना विभागीय मन्त्री गिरिराजमणि पोखरेलले आज पनि घरदैलो अभियानलाई निरन्तरता दिए । जित्ने बित्तिकै हिजोदेखि नै मतदाताको घर-घरमा पुगेर मन्त्री पोखरेलले मतदातालाई आभार व्यक्त गरे ।

महोत्तरी-१ बाट प्रतिनिधि सभामा अत्याधिक मतले विजयी गराएको भन्दै पोखरेलले आम मतदातालाइ घरैमा पुगेर धन्यवाद व्यक्त गरे ।

मतदाता सँगको प्रत्यक्ष भेटमा उनले चुनावको बेला आफुले बोलेको कुरा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । समग्र महोत्तरीको विकासको निम्ति निरन्तर कृयाशिल रहने वाचा गर्दै पोखरेलले जनतको सुखदुःखमा सधै साथमा रहने बताए।

हिजो महोत्तरीको सदरमुकाम जलेश्वरबाट शुरु भएको विजय र्‍याली एवम् घरदैलो कार्यक्रमले आज पनि निरन्तरता पाएको छ । आज बर्दिबासबाट शुरु भएको घरदैलो कार्यक्रम गौशाला नगरपालिकाको विभिन्न वडामा पुगेर मन्त्री पोखरेलले मतदातालाई धन्यवाद व्यक्त गरे ।

घरदैलोको क्रममा गौशाला नगरपालिकाको ढल्केवर, भ्याण्टाबारी, रामनगर, गौशला, निगौल, रजखोर र जिरो माइल लगायतका टोल-टोलमा पोखरेल पुगे ।

बाम गठबन्धनका साझा उम्मेदवार पोखरेलले सङघीय समाजवादी फोरमका लक्ष्मी महतोलाई ४२८४ मत अन्तरले पराजित गर्दै महोत्तरी-१ को प्रतिनिधिसभामा विजयी भएका हुन् ।

नेकपा माओवादी केन्ऽका केन्द्रीय सचिवालय सदस्य एवम् बिना विभागीय मन्त्री पोखरेलले २३७७६ मत प्राप्त गरेका थिए । उनका निकतम प्रतिद्वन्द्वी महतोले १९४९२ मत ल्याए ।

घरदैलोको क्रममा महोत्तरी जिल्ला प्रतिनिधि सभा-१ को प्रदेश सभा-१ बाट विजयी सारदादेवी थापा र प्रदेश सभा-२ बाट विजयी भरतप्रसाद शाहलाई पनि मतदाताले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?