+
+
Shares

कुवेर मर्चेन्ट र ललितपुर फाइनान्स समस्याग्रस्त मुक्त

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २७ गते १२:१०


२७ मंसिर, काठमाडौं । राष्ट्र बैंकले कुवेर मर्चेन्ट फाइनान्स र ललितपुर फाइनान्सलाई राष्ट्र बैंकलाई समस्याग्रस्तमुक्त घोषणा गरेको छ । दुवै संस्थालाई गत १९ गते समस्याग्रस्त मुक्त घोषणा गरेको हो ।

कुवेर २०६९ पुस २३ गते र ललितपुर फाइनान्स २०७१ चैत १६ गते समस्याग्रस्त घोषणा भएका थिए । दुवै संस्थाले २०७६ मंसिर १८ गतेभित्र चुक्ता पूँजी पुर्याउनुपर्ने भएको छ । ३५ दिनभित्र कम्पनीहरुले चुक्ता पूँजी वृद्धिको योजना राष्ट्र बैंकमा पेश गर्नुपर्ने भएको छ ।

हाल दुवै संस्थाको तोकिएको चुक्तापूँजी नपुगेकोले एउटा ग्राहकलाई प्राथमिक पूँजीको १० प्रतिशतभन्दा बढि रकम कर्जा दिन नपाउने भएका छन् ।

खराब कर्जा घटाउनु पर्ने र संस्थागत सुशासन र आन्तरिक नियन्त्रण प्रणाली चुस्त दुरुस्त पार्नुपर्ने समेत राष्ट्र बैंकले उल्लेख गरेको छ । ललितपुर फाइनान्सको सेयर १ सय ७८ रुपैयाँमा कारोबार भइरहेको छ भने कुवेर फाइनान्सको हाल १ सय ८७ रुपैयाँमा सेयर किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?