Comments Add Comment

फोरमको विजय जुलुसमा झडप, प्रहरीद्वारा अश्रुग्यास र हवाई फायर

२७ मंसिर, बारा । बाराको क्षेत्र नम्बर २ को प्रदेश र प्रतिनिधि सभामा दुबै स्थान जितेका संघीय समाजबादी फोरमको विजय जुलुसमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

बाराको पचरौता नगरपालिका ४ बेलदारीमा बुधबार दिउँसो साढे ३ बजे संघीय समाजवादी फोरमको विजय जुलुसलाई स्थानीयले बिरोध गरेपछी फोरम र स्थानिय कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । झडप भएपछि प्रहरीले भिड नियन्त्रण गर्न केहि २० भन्दा बढी हवाई फायर गरेको छ ।

बाजागाजासहित झुलुसमा निस्किएका फोरमका कार्यकर्तालाई स्थानिय कांग्रेस कार्यकर्ताले जितिसकेपछि बाजागाजा र गानाबजाना बजाएर हल्ला नगर्न आग्रह गरेपछि विवाद सुरु भएको बताइएको छ ।

स्थानीयका अनुसार कांग्रेसका कार्यकर्ताले सामान्य रुपमा तडक भडक नगरी जुलुसमा खुसियाली मनाउन आग्रह गर्दागर्दै फोरमका कार्यकर्ता आक्रामक बनेपछी विवादले झडपको रुप लिएको हो ।

बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित संघीय समाजबादी फोरमका रामसहाय यादवसहितको र्‍याली निकालिएको थियो ।

यता बाराका प्रहरी प्रमुख राजकुमार वैदवारले प्रहरीले भिड नियन्त्रण गर्न नसकेपछी सुरुमा लाठीचार्ज गरेको बताएका छन् । झडप नियन्त्रण गर्ने क्रममा ४ प्रहरी समेत घाइते भएका छन् । झडपमा परी र्घाते हुनेमा एक प्रहरी नायव नीरीक्षक र ३ म्यादी प्रहरी रहेका छन् ।

स्थिति असामान्य बन्दै गएपछि केही अश्रुग्यास र हवाईफायरसमेत भएको स्वीकार गर्दै वैदवारले घटनास्थलमा थप प्रहरी परिचालन गरिएको बताएका छन् ।

घटना स्थललाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका बारेमा थप अनुसन्धान गर्न बाराका प्रहरी नायब उपरिक्षक भुवनेस्वर प्रसाद साहको नेतृत्वमा जिल्ला प्रहरीको एक टोली बेल्दारी पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment