२८ मंसिर, बिराटनगर । विभिन्न ब्यक्तिहरूलाई भाइबरमार्फत चिठ्ठा परेको भनि झुक्याएर रकम ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ ।
यसरी ठगीमा संलग्न अनुपचन्द सेठिया, ललित सेठियाँ, पंकजकुमार कर्ण, बलराम विश्वास, श्रवणकुमार शाह र शनिदेवल विश्वासलाई अदालतले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो ।
जिल्ला अदालतले बुधबार ठगी मुद्दामा अन्य तीन र सुनसरीका बलराम विश्वाससहित दुई जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण विसीले अनलाइनखबरलाई जानकारी दिए ।
उनले पुर्पक्षका लागि आदेश दिएकालाई जिल्ला कारागारमा पठाइएको बताए ।
मोरङ प्रहरीले गत कात्तिक ३० गते उनीहरुबिरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको थियो ।
ठगी गर्ने सेठिया हुन्डी कारोबारी
ठगी मुद्धाका अनुपचन्द सेठिया विराटनगरस्थित सेठिया मार्केटका सञ्चालक हुन् । ललित सेठिया अनुपचन्दका भतिजा हुन् ।
बिराटनगर महानगरापलिका वडा नं. ७ मेनरोडमा स्थायी बसोबास भएका अनुपचन्दले विगत ३ दशकदेखि आफ्नै घरको एक कोठामा हुन्डीको कारोबारी गर्दै आएका थिए ।
त्यस्तै, सोही प्रकृतिको ठगी मुद्दाका आरोपित बिमलकुमार चिरानियाँलाई भने जिल्ला अदालतले ३ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उनलाई सम्पत्ति शुद्धिकरणमा मुद्दा चलाउन प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।
यसअघि प्रहरीले उनीहरुलाई नेपाली रुपैयाँ ८६ लाख ५९ हजार ३ सय ४५ र भारतीय रुपैयाँ एक हजार, चाँदीको टुक्रा ४ थान, चाँदीको सिक्का २ थान, मोबाइल सेट ६ थान र कागजातहरुसहित पक्राउ गरेको थियो ।
सम्पत्ति शुद्धिकरणमा मुद्दा हुने
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका मध्ये ४ जनालाई सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता गरिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक विसीका अनु्सार ठगी कार्यमा बरामद गरिएको पैसाको स्रोत नखुलेपछि विराटनगरस्थित सेठिया मार्केटका सञ्चालक अनुपचन्द सेठिया, उनका भतिजा ललित सेठिया, विराटनगर–१३ का बिमल चिरानिया र भारतका पंकज कर्णलाई सम्पति शुद्धीकरणको मुद्दा दर्ता गरिने भएको हो ।
याे पनि पढ्नुस्
प्रतिक्रिया 4