Comments Add Comment

सुदूरपश्चिम महोत्सवको तयारी पूरा

२८ मंसिर, कैलाली । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हरेक वर्ष हुने ‘सुदूरपश्चिम महोत्सव’को तयारी पूरा भएको छ ।

कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष शंकर बोगटीले महोत्सव संघीय प्रहरी इकाई कार्यालयको मैदानमा आयोजना हुने र महोत्सवमा २ सय ५० स्टलहरुले रहेको जानकारी दिए ।

अध्यक्ष बोगटीले महोत्सवलाई करिब ५ लाख दर्शकहरुले अवलोकन गर्ने अपेक्षा लिइएको बताए । उनले महोत्सव अवधिभर करिब १५ करोडको आर्थिक कारोबार हुने र महोत्सव संचालनका लागि करिब ८० लाख रुपैयाँ खर्च लाग्नेसमेत बताए ।

महोत्सवको नव निर्वाचित सांसद नारदमुनी रानाले उद्घाटन गर्ने आयोजक कैलाली उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।

हरेक वर्ष मंसिर २२ देखि पुष २ गतेसम्म हुदै आएको महोत्सव यसपटक देशमा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका कारण केहि पर सारेर मंसिर २९ देखि पौष १० गते सम्म आयोजना गर्न लागिएको हो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिका साथै सात नम्बर प्रदेशका विभिन्न कला र संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गरिने अध्यक्ष बोगटीले जानकारी दिए ।

उनले महोत्सवमा विभिन्न खानाका स्टलहरु, घरेलु उद्योगमा निर्मित विभिन्न सामाग्रीहरुका साथै वालवालिकाहरुका लागि रमाइलो मेलाको व्यवस्था गरिएको बताए ।

‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने मुल नाराका साथ २०६३ सालदेखि कैलाली उद्योग बाणिज्य संघले महोत्सवको आयोजना गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment