Comments Add Comment

विराटनगरमा ५५ शय्याको अस्पताल सञ्चालनमा

विराटनगर । विराटनगरमा शुक्रवारदेखि तुलसा मदर एण्ड चाइल्ड अस्पताल संचालनमा आएको छ ।

विगत १७ वर्षदेखि विराटनगरमा सञ्चालित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लिको विस्तारित सेवा अन्तर्गत करिब सात करोड रुपैयाँ लगानीमा विराटनगर ९ मा उक्त अस्पताल सञ्चालनमा ल्याएको हो ।

मातृशिशु स्वास्थ्यमा थप उपचार पुर्‍याउने उद्देश्यले ५५ शय्या याको सो अस्पताल संचालनमा ल्याएको अस्पतालका प्रवन्ध निर्देशक वीरेन्द्रकुमार विष्टले जानकारी दिए ।

अस्पतालमा २४ घन्टा इर्मजेन्सी, प्याथोलोजी, भ्यान्टिलेटर, अप्रेसन, नेवुलाइजेशन, डेलिभरी ,टेस्टटयुव वेवी सेवा तथा खोप तथा मातृशिशु लगायतका सेवा उपलब्ध छ ।

लामेा समयदेखि संचालनमा रहेको उक्त अस्पतालमा भारतको सिमावर्तिक्षेत्रवाट समेत विरामीहरु उपचारका लागि आउने गरेका छन् । अस्पतालले चार वर्षको अवधिमा चार हजार मस्तिककोे सफल शल्यकृया गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment