Comments Add Comment

इराकमा जागिर लगाइदिने भन्दै महिलालाई दलालको जिम्मा लगाउने व्यक्ति पक्राउ

२९ मंसिर, काठमाडौं । मानव बेचविखनमा संलग्न एक जना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाह्रबिसे गाउँपालिका–१, सिन्धुपाल्चोक स्थायी घर भइ हाल ललितपुरको चापगाउँ बस्दै आएका ३८ वर्षीय ग्याल्जेन शेर्पा छन् ।

शेर्पाबिरुद्ध गत वर्ष असार १६ गते महिलालाई इराकमा महिलालाई राम्रो अवसर आएको भन्दै प्रलोभनमा पार्दै महिला बेचबिखन गर्ने गरेको उजुरी परेको थियो ।

शेर्पाले महिलालाई इराकमा मासिक पारिश्रमिक कम्तिमा १ लाख रुपैयाँसहित अन्य सेवा सुविधा हुने भनि काठमाडौंदेखि भैरहवा हुँदै भारतको दिल्लीसम्म पुर्‍याइ दलालको जिम्मा लगाएर श्रीलंकाको कोलम्बोसम्म पुर्‍याउने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

कानुनतः मानव बेचविखन तथा ओसारपसारमा संलग्नलाई कसुर अनुसार बढीमा २० वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवना हुन सक्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment