Comments Add Comment

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड, विकसित घटनाक्रमबारे छलफल हुँदै


१ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन् ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड शनिबार बिहान बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री र  प्रचण्डबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र प्रधानमन्त्रीको राजीनामालगायत एजेन्डामा छलफल हुने बताइएको छ ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिकोमा थन्किँदा राजनीतिक अन्योलता देखिएको छ भने देउवा नेतृत्वको सरकारले दीर्घकालीन महत्त्वका निर्णय गरेको भन्दै वाम गठबन्धन आवद्ध दलबाट आलोचना भइरहेको छ ।

प्रधानमन्त्री र प्रचण्डबीचको वार्ता अहिले चलिरहेको छ ।

यसअघि प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डसँगै एमाले अध्यक्ष केपी ओली पनि सहभागी रहेको भन्ने सूचना भूलवश सम्प्रेसित हुन गएकोमा क्षमायाचनासहित सच्याइएको छः सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment