Comments Add Comment

वीरगञ्जका डाक्टरले पाए युरोपियन सोसाइटीको फेलोसिप

वीरगञ्ज । पेट रोग विशेषज्ञ डा. राकेशकुमार झाले युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल इन्डोस्कोपी -ईएसजीई)को फेलोसिप पाएका छन् ।

हरेक वर्ष विश्वका पाँच जना इन्डोस्कोपी विभागका चिकित्सकलाई उक्त फेलोसिप दिइने गर्छ । त्यसको अवधि तीन महिनाका हुन्छ ।

उनी नारायणी उपक्षेत्रीय अस्पतालको इन्डोस्कोपी विभाग प्रमुख हुन् । भारत हैदरावादस्थित एसियन इन्स्िटच्युट अफ ग्यास्ट्रो इन्टेरोलोजीमा विज्ञहरुसँग उनले तालिम लिन पाउने छन् ।

‘अहिले इन्डोस्कोपीबाट समस्या मात्रै पत्ता लगाउने काम भइरहेको छ । तालिमपछि पेटभित्र रगत बगिरहेको छ भने रोकथाम गर्ने, मासु बढेको छ भने पनि शल्यक्रिया गरेर हटाउनेबारे तालिम पाइनेछ,’ डा. झाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment