Comments Add Comment

प्रदेश ७ को समानुपातिकः कांग्रेस र एमालेलाई ८-८ सिट


१ पुस, काठमाडौं । प्रदेश ७ को प्रदेशसभामा पनि वाम गठबन्धनको दुई तिहाई बहुमत हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार शनिबार दिउँसो समानुपातिकतर्फ मतगणना सकिएको छ । कांग्रेसले २ लाख ९५ हजार ७२९ मत पाएको छ भने एमालेले २ लाख ६० हजार ९५५ र माओवादीले १ लाख ४२ हजार ७०२ भोट पाएको छ । राजपाले ३६ हजार ९०२ मत पाउँदा राप्रपाले १५ हजार ४४४ मत ल्याएको छ ।

आयोगले समानुपातिकको मत दिएपनि कुन दलले कति सिट पाउने छ भनेको छैन ।

तर, सेन्ट लग मेथडका आधारमा कांग्रेस र एमालेले समान ८/८ सिट पाउने देखिन्छ भने माअोवादी ले ४ र राजपाले एक सिट पाउने छ । राप्रपाले भने पाउने छैन ।

यसो हुँदा प्रदेश ७ को प्रदेशसभामा एमाले २५ सिटसहित सबैभन्दा ठूलो दल बन्नेछ । तर, प्रत्यक्षतर्फ १७ सिट जितेको उसलाई बहुमतलाई २ सिट पुग्दैन ।

प्रत्यक्षतर्फ १० सिट जितेको माओवादीको १४ सिट हुनेछ । कांग्रेसको प्रत्यक्ष ४ सहित १२ सिट हुनेछ भने प्रत्यक्षमा एक सिट जितेको राजपाको कुल २ सिट हुनेछ ।

५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सदस्य भए पुग्छ भने दुई तिहाईका लागि ३६ सिट । एमाले र माओवादी गठबन्धनसँग दुई तिहाई पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment