+
+
Shares

हनिमुन टिप्सः महाभारतको प्रशंग

डा. योगी विकासानन्द डा. योगी विकासानन्द
२०७४ पुष १ गते २०:४०

हामीले अघिल्लोपल्ट हनिमुन इफेक्टका बारेमा कुरा गरेका थियौं । त्यसलाई अघि बढाउँदै यो साता म महाभारतको कथाबाट यो साताको कुरा अगाडि बढाउने अनुमति चाहन्छु ।

महाभारतका एक पात्र राजा विचित्रवीर्य समयभन्दा अघि नै स्वर्गवास हुन्छन् । राजपरिवार अगाडि बढाउन उनकी आमा सत्यवतीले आफ्ना बुहारीहरुलाई गर्भवती बनाउन महषिर् वेदव्यासलाई आह्वान गर्छिन् ।

त्यसबेला स्वस्थ पुरुष खोजेर राम्रो सन्तान जन्माउने एउटा संस्कार थियो । यसलाई नियोग प्रथा भनिन्थ्यो । यो हजारौं वर्षदेखि प्रचलित थियो । मानिसको सोच र व्यवहार वीर्यमा संस्कार बनेर बसेको हुन्छ । यही कारण योग्य पुरुषबाट जन्मेका सन्तान योग्य र अयोग्य पुरुषबाट जन्मेका अयोग्य हुन्छन् भन्ने विचार पहिल्यैदेखि स्थापित थियो । अहिले विज्ञानले पनि यसलाई प्रमाणित गरेको छ ।

मायावतीको आह्वानमा महषिर् वेदव्यास दरबारमा हाजिर हुन्छन् । बलिष्ठ शरीर, खरानी दलेको जोगी भेष र लामा लामा दारी भएका महषिर्सँग उनका दुई बुहारीहरुको नियोग क्रिया सम्पन्न भयो । तर, सम्भोगका समयमा गरिएका व्यवहारका कारण उनीहरुबाट जन्मिएका सन्तानमा समस्या आयो ।

भयो के भने सुकोमल दरबारमा बसिरहेका ती बुहारीमध्ये अम्बालिकाले सम्भोगका समयमा डरलाग्दो पुरुष देखेर आँखा चिम्म गरिन् । राजमाताको आदेश र सन्तान जन्माउनुपर्ने बाध्यतामा नियोग क्रियाका लागि राजी भएकी अम्बालिका सहजै सम्भोगमा खुशी भएर उत्रन सकिनन् ।

उनी यो दृष्य हेर्न त के कल्पना पनि गर्न सक्दिनथिन् । आफ्ना पति गुमाएको अवस्थामा गरिएको यो नियोग क्रिया उनका लागि पाच्य थिएन । शायद यही कारण उनी मनदेखि नै यो क्रियामा सहभागी हुन चाहन्नथिन् । यही कारण उनी गर्भवती त भइन् तर उनबाट जन्मिएका सन्तान धृतराष्ट्र जन्मान्ध हुन पुगे ।

त्यसैगरी, अर्की बुहारी अम्बा पनि यो नियोगमा सहभागी भइन् । अम्बा पनि डराइन् । उनको मन त्यसबेला डामाडोल र टाटे पांग्रे भयो । फलस्वरुप जन्मिएको सन्तान जन्मँदै छालाको रोग लिएर जन्मिए, टाटेपांग्रे । यही रोगका कारण उनको चाँडै मृत्यु भयो ।

तर, यही घटना एउटी दासीमाथि भयो । अर्की बुहारीले आफू नियोग क्रियामा सहभागी हुनुको साटो आफ्नी सहयोगी दासीलाई पठाइदिइन् । दासीका लागि यो क्रिया खुशीको थियो । यही कारण दासीबाट जन्मिएको सन्तान विद्वान र आकर्षक बन्न पुग्यो, जसको नाम विदुर थियो ।

यो घटनाबाट हनिमुन कति महत्वपूर्ण छ र सन्तान जन्माउने क्रियामा सुखद सहभागिताले कस्तो भूमिका खेल्छ भनेर जान्न सकिन्छ ।

आखिर कस्तो हुनुपर्छ हनिमुनको पिरियड ? सन्तान जन्माउने बेलामा कस्तो वातावरण बनाउनुपर्छ ? विदेशमा बच्चा जन्माउनुअघि मनोविज्ञसँग कसरी सल्लाह लिन्छन्, कसरी चिकित्सकसँग कस्तो सल्लाह लिन्छन् ?

हेर्नुहोस् भिडियो-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?