Comments Add Comment

रोनाल्डोको गोलसँगै रियलले जित्यो क्लब वर्ल्डकप


२ पुस, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको गोलको मदतमा रियल मड्रिडले क्लब वर्ल्डकपको उपाधि जितेको छ ।

शनिबार राति अबुधाबीमा भएको खेलमा रियल मड्रिडले ब्राजिलियन फुटबल क्लब ग्रमिओलाई १–० गोल अन्तरले हराएको हो ।

उसका लागि ५३ औं मिनेटमा रोनाल्डोले विजयी गोल गरे । यो जितसँगै रियल मड्रिड लगातार दुईपटक क्लब वर्ल्डकपको उपाधि जित्ने पहिलो टिम बनेको छ ।

साथै बार्सिलोनाको तीन उपाधिसँग बराबरी गरेको छ ।

रियलले २०१७ मा पाँच जितेको छ । च्याम्पियन्स लिग, ला लिगा, यूईएफए सुपर कप, स्पेनिस सुपर कप र अहिले क्लब वर्ल्डकप । सन् २०१६ मा जिनेदान जिदान प्रशिक्षक भएपछि रियलले समग्रमा ८ उपाधि उचालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment