+
+
Shares

ठगी मुद्दामा फरार दुई प्रतिवादी कीर्तिपुरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २ गते १७:३०

२ पुस, काठमाडौं । ठगी मुद्दामा फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुरका ३७ वर्षीय सुरज विष्ट र विष्णु गाविस–४ का ३६ वर्षीय सुनिता खड्का विष्ट छन् ।

जिल्ला अदालतको २०७३ चैत ११ गतेको फैसलाले उनीहरुलाई ठगी मुद्दामा १ वर्ष कैदसहित ६७ लाख १६ हजार रुपैयाँ जरिवना सजाय तोकेको थियो ।

उनीहरुलाई सीआइबीले आइतबार पक्राउ गरी ललितपुर जिल्ला अदालतमा पेश गरेको छ । र, अहिले विष्टलाई कारागार कार्यालय, नख्खु र खड्कालाई केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल पठाइएको छ ।

उनीहरुले दुई वटा सहकारी संस्था मर्ज गरेको भन्दै २ सय ८ जना सर्वसाधारणको जम्मा भएको निक्षेप रकम फिर्ता नगरी ठगी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?