Comments Add Comment

दुबईबासी नेपालीसँग ‘साइलीको गुनासो’ लिएर आउँदै हेमन्त राना

‘सुन साइली’ प्रवासी नेपालीको मन छुने गीत । रोजीरोटीका लागि विदेशिनु पर्ने वाध्यता र त्यसले निम्त्याउने पारिवारिक वियोगको यो लय अब दुबईबासीमाझ गुञ्जदैछ । गायक हेमन्त राना ‘चालिस कटेसी रमाउँला’ भन्दै दुबईको रोयल अस्कोटको प्रेक्षालयमा उभिदैछन् । यसका लागि डिसेम्बर २२ सम्मको मिति भने कुर्नुपर्नेछ ।

अंग्रेजी पात्रो अनुसार नयाँ बर्षको पूर्व सन्ध्यामा कार्यक्रम हुने भएको हो । यसको मेलोमेसो मिलाएको छ, गृष्मा इन्टरटेनमेन्टले । देश-विदेशमा सांगीतिक कार्यक्रम आयोजना गर्ने गृष्मा इन्टरटेनमेन्टले शुभयात्रा साँझ अन्र्तगत दोस्रो सिजनको कार्यक्रम तय गरेको हो ।

‘चट्टसँगले कार्यक्रम हेर्न आउनुहोला, नभए विद्या नष्ट हुन्छ’ कमेडियन सन्दिप क्षेत्रीको भन्छन्, ‘किनभने, म तपाईहरुसँग हाँस्न आउँदैछु ।’ हो, उनी पनि सोही मञ्च साझेदार गर्न आउँदैछन् । उनीसँगै चर्चित गायक रामकृष्ण ढकाल, इन्दिरा जोशी र अभिनेत्री नम्रता सापकोटाले मनोरञ्जनको प्याकेज पेश गर्नेछन् ।

कार्यक्रमको शीर्षक हो, ‘शुभयात्रा साँझ ।’ कार्यक्रम मध्यन्ह चार बजेबाट सुरु हुने गृष्मा इन्टरटेनमेन्टका निर्देशक गृहेन्द्र घिमिरेले बताए । दुबईमा कार्यक्रमको आयोजना मदन अधिकारी, मनोज गोर्खाली, समिम खानले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment