३ पुस, काठमाडौं । सेन्ट्रल फाइनान्सले ५० प्रतिशत हकप्रद सेयरजारी गर्ने भएको छ । कम्पनीले इक्रा नेपालबाट ग्रेड ५ रेटिङ प्राप्त गरेको छ । यसले कम्पनीको आधारभुत पक्ष निकै कमजोर रहेको संकेत गर्छ ।
कम्पनीको सम्पत्ती गुणस्तर निकै कमजोर रहेको छ । उठ्न बाँकी रहेको कर्जाको दर ६५ प्रतिशतसम्म पुगेको छ । खराब कर्जा २ प्रतिशत रहेको कम्पनीको कुल खराब कर्जा दर लगभग ७ प्रतिशत हुने इक्राले उल्लेख गरेको छ ।
समग्र बैंकिङ क्षेत्रको १० वर्षयताको वृद्धिदर २० प्रतिशत हाराहारीमा रहेकोमा कम्पनीको यो दर १० प्रतिशत रहेको छ । २० वर्षभन्दा लामो इतिहास भएपनि कम्पनी सानो पूँजी आधारमा कम्पनी रहिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4