३ पुस, महोत्तरी । महोत्तरीमा एकैपटक २४ सय ६१ जनालाई आइतबार लालपुर्जा वितरण गरिएको छ ।
महोत्तरीको महोत्तरी गाउँपालिका र बलुवा नगरपालिकाका २४ सय ६१ घरपरिवारलाई नापी कार्यालय र भूमीअधिकार मञ्च महोत्तरीले संयुक्त रूपमा लालपुर्जा बितरण गरेका हुन् ।
महोत्तरी गाउँपालिकामा १७ सय ३० घरपरिवार र बलुवा नगरपालिकामा ७ सय ३१ घरपरिवारलाई लालपुर्जा बितरण गरिएको जिल्ला नापी कार्यालय महोत्तरीका प्रमुख उमेशलाल कर्णले बताए ।
आइतबारबाट सुरु गरिएको लालपुर्जा वितरण कार्यक्रम ५ गतेसम्म चलने छ । महोत्तरी गाउँपालिका र बलुवा नगरपालिकामा करिब ५० वर्षदेखि बसोबास गर्दै आएको तर लालपुर्जाबिहीन घरपरिवारलाई लालपुर्जा बितरण गरिएको भूमिअधिकार मञ्च महोत्तरीका सिनमाया गिरिले बताइन् ।
जीवनयापन गर्न बाध्य थिए । लालपुर्जा पाएसँगै यस क्षेत्रका स्थानीयवासी हषिर्त बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4