Comments Add Comment

रामेछापका स्वास्थ्य संस्थामा औषधि अभाव

विरामीले साधारण औषधि पनि पाएनन्

३ पुस, रामेछाप । रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारले निशुल्क उपलब्ध गराएका औषधिहरुको अभाव भएको छ ।

जिल्लाले समयमा नै औषधि खरिद नगर्दा स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधिहरुको अभाव भएको हो ।

यसअघि जिल्ला स्वास्थ्य कार्यालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालयले खरिद गरी स्वास्थ्य संस्थाहरुमा पुर्‍याउने औषधिहरु यस आर्थिक वर्षबाट स्थानीय तहले नै खरिद गरी स्वास्थ्य संस्था मार्फत वितरण गर्ने नीति बनेको छ ।

स्थानीय तहलाई मन्त्रालयबाट ढीलो गरी जानकारी आएको कारण कतिपय गाउँपालिका तथा नगरापलिकाले स्वास्थ क्षेत्रको बजेट समेत विनियोजन गर्न भ्याएनन् । रकम विनियोजन गरेका स्थानीय तहले पनि औषधि खरिद गर्ने प्रक्रियामा ढिलाई हँुदा जिल्लाका अधिकाँस स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ ।

स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा उपाचारमा आएका विरामीहरुलाई सामान्य औषधि पनि दिन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र गेलुका डा राजेन्ऽ भण्डारी बताउँछन् ।

साधारण रुघाखोकी, ज्वरो तथा घाउचोट लागेका विरामीलाई समेत उपचार गर्ने औषधि स्वास्थ्य संस्थामा नभएको उनले बताए । ‘बिरामीहरु औषधि खोज्छन्, दिन सकिएको छैन, उनीहरुलाई सम्झाएर पठाउनै गाह्रो भो’, उनले भने ।

गेलुमा मात्र हैन जिल्लाभरकै स्वास्थ्य संस्थाहरुमा सरकारले निःशुल्क दिने भनिएका औषधिहरु उपलब्ध छैन । सरकारले जिल्ला अस्पतालमा ७० प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि निशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment