अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली इटलीमा विवाह गरेर ‘विरुष्का’ बनिसकेका छन् ।
विराट र अनुष्काले बिहे भारतबाट निकै टाढा इटलीमा भयो । यसलाई लिएर दुबैका आफन्तले नरमाइलो माने तर, मध्य प्रदेशका भाजपा विधायक पन्नालाल शाक्य समेत केहीलाई निकै नरम्रो लागेछ ।
‘स्किल इण्डिया’ का एक कार्यक्रममा पन्नालालले भनेका छन्, ‘विवाह संस्कार गर्नका लागि हिन्दुस्तानमा कहीँ ठाउँ पाएनन् । गजब भयो । के हिन्दुस्तानमा ठाउँ पाइएन । के हिन्दुस्तान यति अछुत छ ?’
‘यो देशमा राम, कृष्ण, विक्रमादित्य र युद्धिष्ठिरको विवाह भएको छ । तपाई सबैको पनि विवाह भएको छ र हुनेछ । तर, हामी मध्ये कोही पनि विदेश गएनौं । पैसा र प्रसिद्धि यहाँ कमाएका छन् र अर्बौं रुपैयाँ विवाहका लागि लिएर गए । विवाहका लागि भारतको भूमि उनीहरुका लागि कुनै अर्थ रहेन । यसले यो प्रष्ट हुन्छ कि उनीहरु राष्ट्रभक्त होइनन्, देशभक्त होइनन् ।’
अनुष्का र विरोटको इटलीमा भएको विवाहलाई लिएर भाजपाका विधेयक मात्र होइनन्, थुप्रैले समाजिक सञ्जालमा देशभक्तिसँग जोडेका छन् ।
प्रतिक्रिया 4