Comments Add Comment

विवाह गर्दा के फाइदा, नगर्दा के फाइदा ?

बिवाहका शैली, मान्यता, संस्कार, प्रचलन भूगोल र समुदाय अनुसार भिन्न भिन्नै छ । यद्यपी दुई बिपपिरत लिंगी आपसमा बैवाहिक जीवनमा बाँधिन्छन् । जसको प्रचलन संसारभर छ । यो प्राकृतिक प्रकिया नै हो ।

बिवाह किन त ? यसमा भने सबैको मत मिल्छ भन्ने छैन । कसैले विवाहलाई सृष्टीको अनिवार्यता मान्छन् त कसैले स्वेच्छिक विषय ।

रोचक तथ्य

हालै गरिएको एक अध्ययनले अबिवाहित पुरुषको तुलनामा बिवाहित पुरुषको आयु लामो हुन्छ । अर्थात तुलनात्मक रुपमा अबिवाहित पुरुष चाँडै मर्ने सम्भावना ६ प्रतिशत बढी हुन्छ । ७ वर्ष लगाएर सम्पन्न गरिएको सो अध्ययनका अनुसार विवाहित पुरुषहरु अविवाहितको तुलनामा बढि स्वस्थ हुन्छन् ।

वैज्ञानिकहरु यतिसम्म भन्छन् कि पुरुषहरुको लामो उमेरको रहस्य विवाहित हुनु नै हो किनकी महिलाले आफ्नो श्रीमानको ज्यादै ख्याल राख्छिन् ।

 विवाहले तनाव साझेदार

बिवाहित पुरुष एक्लो जीवन बाँच्ने पुरुषको तुलनामा औसत ७ वर्ष बढि बाँच्छन् । यसको कारण हो भने पत्नीहरुले पतिको तनाव सेयर गर्नु । उनले घरको धेरै काम आफैं गर्छिन्, जबकि अविवाहित पुरुषले त्यो सुविधा पाउँदैनन् ।

 रोगहरु टाढा भाग्छन्

वल्र्ड हार्ट फेडरेसनले आफ्नो एक सोध प्रतिवेदनमा भनेको छ, कसैको प्रेम प्राप्त गर्नु वा कसैलाई प्रेम गर्नु मुटु बलियो बनाउनका लागि प्रभावकारी ओखति हो । प्रेमको कारण नै व्यक्तिले आफ्नो मनस्थितिलाई सदैव सकारात्मक राख्न सक्छ, र तनावबाट टाढा रहन्छ ।

मुटुरोगका विशेषज्ञहरुका अनुसार प्रेमको कारणले नै भावनात्मक सहारा मिल्छ जसले मुटुमा बोझ पर्न दिँदैन । यही कारण विवाहित व्यक्तिलाई हृदयघात हुने सम्भावना अविवाहितलाई भन्दा कम हुन्छ ।

वल्र्ड हार्ट फेडरेसनले हृदयघात, पक्षघात वा हिप फ्याक्चर भएका दुई सय ४० रोगीहरुको विश्लेषण गरेको थियो । रोगीलाई ठिक गर्न जति योगदान औषधिको हुन्छ, त्यो भन्दा निकै धेरै सकारात्मक भावनाको हुने सोधमा पाइयो । यसबाट यो पनि थाहा हुन्छ कि कुनै रोगी व्यक्तिलाई चाँडै ठिक हुनका लागि उनलाई तनावबाट मुक्त राख्नुपर्छ र उसको सोचलाई सकारात्मक बनाउनुपर्छ ।

विवाह नगर्दाका बेफाइदा

अबिवाहित पुरुषहरुले बिवाहित पुरुषहरुको बीचमा आफूलाई भिन्न महसुस गर्नेछन् । बिवाह नगरेका पुरुषलाई परिवार र समाजले पनि उति महत्व दिदैन ।

उमेर छिप्पिदासम्म बिवाह नगर्ने व्यक्तिहरुको विषयमा समाजले विभिन्न दृष्टिकोण बनाउँछ ।

जब आफ्नो दाजुभाई, दिदीबहिनी बिवाहित जीवन बिताइरहेका हुन्छन्, त्यतिबेला आफूलाई अलग महसुस गरिन्छ । उनीहरुको सोच, भविष्यका सपना, कुराकानीका विषय आफ्ना परिवार तथा बच्चाहरुसँग जोडिएका हुन्छन् । जबकि अबिवाहितसँग यी विषयमा गर्ने कुरै हुँदैन ।

 विवाहका फाइदा

सिंगो जिन्दगीमा साथ दिने जीवनसाथी पाइन्छ  । आफ्नै एउटा परिवारको रचना गर्न सकिन्छ, जसलाई हामीले अभिभावकत्व दिन सक्छौ । बिवाहपछि महिला र पुरुष दुवैले नयाँ नातेदारहरु पाउँछन् र त्यो नाताको बेग्लै रमाइलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment