Comments Add Comment

गतिरोध हटाउन प्रधानमन्त्रीले बोलाए ५ दलको बैठक

७ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा राष्ट्रिय पार्टीहरुको संयुक्त बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनलगायत विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर वाम गठबन्धन र नेपाली कांग्रेस विभाजित बनिरहेका बेला प्रधानमन्त्रीले पहिलोपटक राष्ट्रिय दलहरुको संयुक्त बैठक बोलाएका हुन् ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम राष्ट्रिय पार्टी बनेका छन् । बैठकमा यिनै दलहरूका शीर्ष नेताहरू सहभागी छन् ।

राष्ट्रिय पार्टी बन्न प्रत्यक्षमा १ सिट र समानुपातिकमा कूल सदर मतको ३ प्रतिशत मत सीमा पार गर्नुपर्ने व्यवस्थाका कारण यसपटक पाँच पार्टीले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment