Comments Add Comment

बीएमडब्लू किन्ने ग्राहक सिक्का बोकेर किस्ता तिर्न आएपछि…

चीनमा एक व्यक्ति आफूले किनेको नयाँ कारको पहिलो किस्ता तिर्न सिक्कै सिक्का बोकेर आएपछि कर्मचारीहरुलाई पैसा गन्न आच्छुआच्छु परेको छ । उनले ११ लाख रुपैयाँ बराबरको सिक्का ल्याएका थिए ।

बाकसहरुमा भरेर ल्याइएका सिक्का कार विक्रेता कम्पनीका कामदारहरुले घन्टौं लगाएर गनिसके । ४ लाख यूआन अर्थात् करिब ६२ लाख रुपैयाँ मूल्यमा कार किनेर सिक्कामा किस्ता तिर्न आउने व्यक्तिको नाम खुलेको छैन । स्थानीय सञ्चारमाध्यमका अनुसार उनले १८ डिसेम्बरमा सो कार किनेका थिए ।

फुजियान प्रान्तस्थित पुटियानका बिएमडब्लु म्यानेजर मिस्टर गुले ती व्यक्ति एक होलसेल व्यापारी भएको जानकारी दिए । ‘उनले वर्षौदेखि ती सिकका जम्मा गर्दै आएका रहेछन् । उनीसँग जम्मा ७० हजार युआन बराबरका सिक्का थिए’ गुले भने ।

कार्यालयको फ्लोरमा बसेर कम्पनीका सेल्सम्यानहरुले सिक्का गनिरहेको भिडियो बाहिर आएको छ । ग्राहकको घरमै पुगेर उनीहरुले १० बाकस सिक्का बोकेर ल्याएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment