Comments Add Comment

कांग्रेसले तत्काल सरकार छाडेर प्रतिपक्षको भूमिकामा बस्नुपर्छः सिचाइँमन्त्री गौतम

७ पुस, काठमाडौं । सिचाइँमन्त्री सञ्जय गौतमले कांग्रेसले तत्काल सरकार छोडेर सशक्त एवम् प्रभावकारी प्रतिपक्षको भूमिकामा बस्नु पर्ने बताएका छन् ।

शुक्रबार रिपोर्टस क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्मकारमा उनले भने, ‘अहिलेको जनादेशले हामीलाई प्रतिपक्षमा बस्न भनेको छ, हामीले अब त्यही अनुसारको तयारी गर्नुपर्छ ।’

उनले आफूहरुले उपयुक्त समयको प्रतिक्षा गरिरहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले समय आएपछि कुर्सी छोड्ने बताए । उनले अहिलेको जनमत वाम गठबन्धनको पक्षमा देखिएकाले एमाले–माओवादी केन्द्रबीच एकता होस् भन्ने शुभकामना पनि दिए ।

राष्ट्रपतिसमक्ष रहेको राष्ट्रियसभा सम्बन्धी अध्यादेश सरकारले विधिसम्मत रुपमै प्रस्तुत गरेको बताउँदै गौतमले भने, ‘हामीले राष्ट्रपति समक्ष पठाएको अध्यादेश कानूनसम्मत्, विधिसम्मत् र परम्परागत रुपमै आएको छ, यसलाई अनावाश्यक किसिमले लम्ब्याउने काम नहोस् ।’

राष्ट्रियसभाको निर्वाचनपछि मात्रै संघीय संसदले पूर्णता पाउने भएकोले यसलाई तत्काल स्वीकृत गराउनुको विकल्प नभएको उनको भनाई थियो ।

उनले राष्ट्रपतिले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न पाउने भएकाले उनको भूमिकामा टिकाटिप्पणी गर्नु अमर्यादित हुने समेत जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment