+
+
Shares

जाडोमा यसकारण हृदयाघात, कसरी सतर्क रहने

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ९ गते १६:५७

जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा सतर्कता अपनाउनै पर्छ, खासगरी हृदयका रोगीले ।
त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । वाह्य चिसोको कारण नसाहरु खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाई ल्याउँछ । जसको सोझो भार, मुटुमाथि पर्छ । यस्ता अनेक कारण छन्, जसले जाडोमा हृदयघातको जोखिम बढाउँछ ।

कसरी हृदयघात ?

मुटुमा रगत पुर्‍याउने नलीमा अवरोध भएमा मानिसलाई हृदयाघात हुने गर्छ । रक्तनलीका विशेषगरी तीनवटा कारणले अवरोध सिर्जना हुने गर्छ ।

– रक्तनलीमा बोसो जमेमा

– नली फुटेमा

– रक्तचाप बढेर मुटुमा असर परेमा

रक्तनलीमा कसरी बोसो ?

रक्तनलीमा बोसो जम्ने धेरै कारण हुन्छ । गलत खानपान, विलासी जीवन, व्यायामको कमी, धुमपान, मद्यपान लगायतका कारण मुटुमा बोसो जम्ने गर्दछ ।

त्यस्तै, रगतमा कोलेस्ट्रोलको मात्रा अधिक भएमा पनि रगतमा बोसो जम्ने गर्दछ । रक्तनलीमा बोसो जम्ने समस्या कसैलाई कलिलै उमेरदेखि नै हुने गर्छ भने कसैलाई युवावस्थामा हुने गर्छ । वभिन्न रोगहरुका कारण पनि रगतमा बोसो जम्ने समस्या हुने गर्छ ।

रक्तनलीमा बाधा

रगतमा बोसो जम्ने समस्या भएमा यसले रक्तनलीमा अवरोध खडा गर्दछ । चिसो मौसममा तापक्रममा आएको गिरावटकै कारण रगतमा बोसो जम्ने समस्या अधिक हुने गर्छ । जसका कारण मुटुमा अवरोध भएर हृदयाघात हुने सम्भावना उच्च हुने गर्छ ।

चिसोमा रक्तचाप बढ्ने

त्यस्तै, जाडो मौसममा चिसोकै कारण मानिसहरुको रक्तचाप यसै पनि बढी हुने गर्छ । कहिलेकाही अचानक रक्तचाप उच्च भएमा त्यसले मुटुमा भार पार्दछ । जसका कारण मुटुको नशा अचानक फुट्न पुग्छ, र मानिसलाई हृदयाघात हुने गर्छ ।

हर्मोनको गडबढी

जाडो मौसममा हृदयाघात गराउने अर्को प्रमुख तत्वहरुमध्य हर्मोर्नको गडबडी पनि एउटा हो । शरीरमा रहेको विभिन्न हर्मोन विहानीपखको समयमा बढी सकि्रय रहने गर्दछ । जसका कारण पनि शरीरमा हृदयाघातको जोखिम बढ्ने गर्छ ।
त्यसबाहेक, चिसो मौसममा फोक्सोको संक्रमण, निमोनिया, दम, आज्माले पनि मुटुलाई असर गर्ने हुदाँ यो समयमा हृदयाघातको जोखिम बढी हुने भएकोले समयमै सजग रहन आवश्यक छ ।

अब के गर्ने त ?

चिसो मौसममा हृदयाघतको उच्च जोखिममा रहेकाले विशेष सावधानी अपनाउनु पर्छ । हृदयाघात भैसकेको व्यक्ति, परिवारमा कसैलाई हृदयाघात भएको छ भने, उच्च रक्तचापको समस्या भएका व्यक्तिहरुमा हृदयाघातको सम्भावना बढी हुने गर्छ ।

१. शरीरमा तापमानको सन्तुलन कायम राख्ने

२. धेरै चिसोमा अचानक तडकभडक गर्नु हुँदैन

३. बिहान घाम लाग्नुअघि मर्निङवाक गर्नु उपयुक्त हुँदैन

४. रक्तचाप नियन्त्रित राख्ने प्रयास गर्नुपर्छ

५. मुटु तथा फोक्सोको समस्या भएकाहरुले चिसोबाट जतिसक्दो बच्नुपर्छ

हुन त हृदयाघात जो कसैलाई हुनसक्छ । हृृदयाघातको निश्चित समय हुदैन । जुनसुकै उमेरका मानिस हृदयाघातको जोखिममा रहने गर्छन् ।

यद्यपी, कोलोनरी आर्टरीमा बोसो जमेर अवरोध खडा भएमा हृदयाघात हुनसक्ने भएकोले त्यस्ता मानिसले भने विशेष ध्यान पुर्‍याउन आवश्यक छ । किनकी त्यस्ता मानिसलाई चिसोको समयमा हृदयाघातको जोखिम उच्च हुने गर्दछ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसितको कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?