+
+
Shares

बाथको औषधिले हृदयघात र स्ट्रोकको जोखिम घटाउने वैज्ञानिकहरूको खुलासा

हाडजोर्नीको दुखाइ कम गर्न प्रयोग गरिने औधषिले मुटुलाई समेत सुरक्षा दिने एउटा अध्ययनले देखाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १२:५५
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नटिङ्घम विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले एलोपुरिनोलले हृदयघात र स्ट्रोकको जोखिम कम गर्ने देखाएको अध्ययन प्रकाशित गरेका छन्।
  • रगतमा युरिक एसिड ३६० माइक्रोमोल प्रति लिटरभन्दा तल राख्दा मुटुसम्बन्धी समस्याहरू कम देखिएका छन्।
  • अध्ययनले गाउटको औषधि सेवनले जोर्नीको दुखाइ मात्र नभई मुटुको सुरक्षा पनि हुने पुष्टि गरेको छ।

हाडजोर्नीको दुखाइ कम गर्न प्रयोग गरिने औधषिले मुटुलाई समेत सुरक्षा दिने एउटा अध्ययनले देखाएको छ।

नटिङ्घम विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको नयाँ खोज अनुसार युरिक एसिड घटाउन प्रयोग गरिने सामान्य औषधि ‘एलोपुरिनोल’ले हृदयघात र स्ट्रोकको जोखिमलाई उल्लेख्य रूपमा कम गर्न सक्छ।

‘जामा इन्टरनल मेडिसिन’ मा प्रकाशित यस प्रतिवेदन अनुसार, रगतमा युरिक एसिडको मात्रा ३६० माइक्रोमोल प्रति लिटर (६ एमजी/डीएल) भन्दा तल कायम राख्न सफल बिरामीहरूमा मुटुसम्बन्धी गम्भीर समस्याहरू कम देखिएका छन्।

पाँच वर्षसम्म झन्डै १ लाख १० हजार बिरामीहरूमा गरिएको यो अध्ययनले सही मात्रामा औषधि सेवन गर्दा जोर्नीको दुखाइ मात्र निको नभई ज्यानकै सुरक्षा हुने पुष्टि गरेको छ।

कसरी काम गर्छ यसले ?

गाउट एक प्रकारको बाथ हो जुन रगतमा युरिक एसिडको मात्रा बढ्दा जोर्नीहरूमा स-साना क्रिस्टल बनेर जम्ने गर्छ।

यसले गर्दा अचानक असह्य दुखाइ र सुन्निने समस्या हुन्छ। अध्ययनका प्रमुख लेखक प्राध्यापक अभिषेकका अनुसार, युरिक एसिड घटाउने औषधिले ती क्रिस्टलहरूलाई पगाल्न मद्दत गर्छ।

जब रगतमा युरिक एसिडको स्तर तोकिएको मापदण्डभन्दा तल पुग्छ, त्यसले रक्तनलीहरूमा पर्ने नकारात्मक प्रभावलाई कम गरी मुटुलाई सुरक्षित राख्छ।

अध्ययनको निष्कर्ष

अनुसन्धानले देखाए अनुसार औषधि सुरु गरेको १२ महिनाभित्र युरिक एसिडको लक्ष्य प्राप्त गर्ने बिरामीहरूमा हृदयघात, स्ट्रोक र मुटु रोगका कारण हुने मृत्युको दर अन्यको तुलनामा निकै कम थियो।

विशेष गरी पहिले नै मुटु रोगको उच्च जोखिममा रहेका व्यक्तिहरूका लागि यो औषधि झनै प्रभावकारी देखिएको छ। अझ युरिक एसिडको मात्रा ३०० माइक्रोमोल प्रति लिटरभन्दा तल झार्न सकेमा मुटुको सुरक्षा अझ मजबुत हुने अध्ययनले देखाएको छ।

विगतका अनुसन्धानहरूले यी औषधिहरूले गाउटको दुखाइ मात्र कम गर्ने बताए पनि यो पहिलो पटक हो जसले मुटुको सुरक्षासँग यसको प्रत्यक्ष सम्बन्ध रहेको प्रमाणित गरेको छ।

यस खोजले गाउटका बिरामीहरूलाई औषधिको नियमित सेवन र सही मात्रा मिलाउन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

वैज्ञानिकहरूका अनुसार अब गाउटको उपचार केवल जोर्नीको स्वास्थ्यका लागि मात्र नभई मुटुको सुरक्षाका लागि पनि अनिवार्य देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?