+
+
Shares

येशुको त्याग र बलिदान सबैका लागि प्रेरणाः प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १० गते ९:१५

१० पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिस्चियन धर्मका संस्थापक येशु ख्रिष्टको त्याग र बलिदानी सबैका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरेका छन् ।

क्रिसमस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ख्रिष्टीयनमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले भनेका छन्- येशु ख्रीष्टका उपदेश सबैका लागि उपयोगी छन्, उहाँले देखाउनुभएको त्याग र बलिदानीको उदाहरण हामी सबैका लागि प्रेरणाको स्रोतका रुपमा रहनेछ भन्ने मेरो विश्वास छ ।

प्रधानमन्त्री देउवाले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल भएको उल्लेख गर्दै नेपालको संविधानले सबै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको पनि बताएका छन् ।

नेपालमा सबै धर्म र संस्कृतिलाई उत्तिकै महत्व र सम्मान प्रकट गरिँदै आएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?