Comments Add Comment

अनमोलको ‘क्याप्टेन’मा उपासना हिरोइन ?


नायक अनमोल केसीले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘क्याप्टेन’का लागि अहिले धमाधम नायिकाको छनोट भैरहेको छ । चलचित्रमा २ नायिका आवश्यक पर्ने भएकाले पनि निर्देशक दिवाकर भट्टराई र निर्माता भूवन केसी नायिकाको छनोटमा व्यस्त छन् ।

यसैविच, नायिकाको रुपमा उपासना सिंह ठकुरीलाई फाइनल गरिएको चर्चा पनि चलेको छ । मोडल उपासनाले आफै नायक अनमोल केसीसँगको तस्बिर सामाजिक संजालमा पोष्ट गरेकी छिन् । जसकाकारण पनि उनको नाम चर्चामा आएको हो ।

तर, निर्माता भूवन केसीले उपासना फाइनल नभैसकेको बताएका छन् । उनले भने–‘हामीले उनीसँग भेटघाट गरेका छौ । तर, उनको अडिसन भैसकेको छैन । यसैले अहिले नै फाइनल भन्न मिल्दैन ।’ भुवनले उपासना आफूहरुलाई मन परेको समेत बताए ।

यस्तै, भूवनले चलचित्रमा २ नायिका आवश्यक रहेको र दुबैको भूमिका बराबर रहेको समेत स्पष्ट पारेका छन् । फागूणमा छायांकनमा जाने चलचित्रलाई आउँदो बर्षको भदौमा रिलिज गर्ने योजनामा निर्माणपक्ष छ ।

नायक अनमोल केसी भने अहिले चलचित्र ‘कृ’को प्रचारमा व्यस्त छन्, जुन माघ २६ गतेबाट रिलिज हुँदैछ । चलचित्र ‘क्याप्टेन’मा भने अनमोल फुटबल खेलाडीको भूमिकामा देखिदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment