Comments Add Comment

पार्टी एकता हुन्छ, ६ नम्बर प्रदेशको मुख्यमन्त्री म नै हुँ: मन्त्री शाही

११ पुस, काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता एवम् विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले वाम गठबन्धन केबल चुनावी तालमेलको लागि मात्रै नभएकोले एमाले-माओवादी केन्द्रवीच तत्काल पार्टी एकता हुने दावी गरेका छन् ।

शाहीले एकताबाट कोही पनि भाग्न नमिल्ने धारणा राखे । उनले भने,’एकता हुन्छ, यसमा कुनै दुई मत छैन, एकताको लागि अहिले व्यापक छलफल भैरहेको छ, हामी आन्तरिक गृहकार्यमा जुटिसकेका छौं।’

एकतापछिको पार्टीको अध्यक्षको बन्छ भनेर अहिले नै भन्न नसकिने समेत शाहीले स्पष्ट पारे ।

उनले अबको प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बन्न सक्ने समेत सम्भावना रहेको सुनाए । उनले भने,’एमाले अध्यक्ष केपीशर्मा ओली र हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये एक जना प्रधानमन्त्री बन्नुहुन्छ, अध्यक्ष प्रचण्ड पनि प्रधानमन्त्री बन्ने ठूलो सम्भावना छ।’

कालीकोट प्रदेश सभा ‘ख’ बाट विजयी भएका मन्त्री शाहीले राष्ट्रिय सभा सम्बन्धी अध्यादेशको विवाद छिट्टै टुंगिने समेत विश्वास दिलाए । उनले भने,’एकल संक्रमणीय वा बहुमतीय भन्ने विवाद छ, अब हामीवीचको बाटो अपनाएर समाधान निकाल्छौं, यो विवाद चाँडै हल हुन्छ।’

उनले आफू प्रदेशनम्बर ६ को मुख्यमन्त्रीको लागि योग्य उम्मेद्धवार भएको भन्दै यसमा आफ्नो दाबी हुनु स्वभाविक रहेको टिप्पणी गरे । उनले भने,’अब हेरौं के हुन्छ, वाम गठबन्धनमा यसबारेमा छलफल जारी छ, म पनि सम्भावना भएको योग्य र सक्षम उम्मेद्धवार हुँ भन्ने मेरो दाबी छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment