११ पुस, काठमाडौं । एमालेका नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले वाम गठबन्धनलाई फुटाउन खोज्नेहरु आफै समाप्त भएर जाने चेतावनी दिएका छन् ।
नेता पण्डितले वाम गठबन्धनलाई फुटाउन देशी, विदेशी शक्तिहरु लागेपनि सफल नहुने दावी समेत गरे ।
उनले जनमत अनुसार वामपन्थी गठबन्धनको नेतृत्वमा सरकार बन्ने र त्यसले जनताको भावना बमोजिम काम गर्ने पनि बताए ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पण्डितले अध्यारो कुनामा बसेर बामपन्थी गठबन्धनलाई फुटाउन प्रयास भइरहेको भन्दै यस्तो प्रयास असम्भव भएको बताएका हुन् ।
नेता पण्डितले जनमत अनुसार नयाँ सरकार बनाउन कुनै पनि शक्तिले रोक्न नसक्ने स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4