Comments Add Comment

साउथहृयाम्पटनमाथि टोटनहृयामको शानदार जित, केनको हृयाट्रिक

११ पुस, काठमाडौं । हृयारी केनको हृयाट्रिकको मदतमा टोटनहृयामले इंग्लिस पि्रमियर लिगमा साउथ हृयाम्पटनमाथि शानदार जित निकालेको छ ।

सोमबार भएको खेलमा टोटनहृयामले हृयाम्पटनमाथि ५-२ को जित निकाल्दा केनले एउटै क्लालेण्डर इयरमा सर्वाधिक गोलको अर्को रेकर्ड पनि बनाएका छन् । सन् २०१७ मा उनको लिग गोलको संख्या ३७ पुगेको छ ।

वेम्बलीमा टोटनहृयामले २२ औं मिनेटमा केनको गोलबाट अग्रता लिएको थियो । ३९ औं मिनेटमा उनले नै दोस्रो गोल गर्दै टिमलाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।

४९ औं मिनेटमा डेल अलीले गोल गरे भने ५१ औं मिनेटमा सन होङ मिनले गोल गरे ।

खेलको ६४ औं मिनेटमा साउथहृयाम्पटनका बुफलले गोल गरे । तर, तीन मिनेटपछि नै टोटनहृयामका इंग्लिस स्ट्राइकर केनले गोल गर्दै हृयाट्रिक पुरा गरे ।

८२ औं मिनेटमा टडिकले गोल गरेपनि साउथ हृयाम्पटनको हार टार्न सकेनन् । टोटनहृयाम ३७ अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment