Comments Add Comment

दार्चुलामा जडीबुटी प्रशोधन केन्द्र स्थापना

१२ पुस,  दार्चुला । दार्चुलामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिएको छ ।

साना तथा मझौला कृषक आयस्तर बृद्धि कार्यक्रम अन्तरग रिज्म एफपीको आर्थिक सहयोग तथा रिड्स नेपाल दार्चुलाको प्राविधिक सहयोगमा प्रशोधन केन्द्र स्थापना गरिएको छ ।

रिज्म एफपी दार्चुला र शुर्मा भवानी सहकारी संस्थाको आर्थिक सहयोगमा ५४ लाख ८३ हजार लागतमा उक्त प्रशोधन केन्द्र स्थापना गरिएको हो ।

मार्मा गाउँपालिका-१ पारिबगडमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिएसँगै जडीबुटी संकलकहरुलाई राहात भएको छ ।

जटामसी, सगन्धवाल, सुनपाती, तीतेपाती जस्ता जडीबुटीहरु उक्त प्रशोधन केन्द्रमा प्रशोधन गरिने शुर्मा भवानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मण रोकायले बताए ।

जिल्लाको हिमाली क्षेत्रमा विभिन्न प्रकार जडीबुटीहरु पाइने भएपनि झण्डै २०/२५ प्रकारका जडीबुटीको मात्रै खरिद विक्री हुने गरेको छ ।

जिल्लामा पाइने जडीबुटी संकलन गरी बाहृय जिल्लामा निर्यात गर्नुपर्ने भएकाले कम मूल्यमै जडीबुटी विक्री गर्नुपर्ने यहाँका जडीबुटी संकलकहरुको बाध्यता थियो ।

जिल्लामै प्रशोधन केन्द्र नहुदाँ झन् सम्बन्धित ठाउँमा पुर्‍याउदासम्म पर्ने जडीबुटीको मूल्य भन्दा आधामा विक्री गनुपर्ने बाध्यता रहेको अपी हिमाल गाउँपालिकाका एक स्थानीय संकलकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment