चलचित्र ‘झमक बहादुर’मा समावेश ‘आमैले भन्थे धाराको पानी’ काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । कुसुम गजमेरको शब्द र रन्जित गजमेरको संगीत रहेको गीतलाई ओम सुनवारले रिमिक्स गरेका हुन् । रिमिक्स गीतमा ओम सुनार, कविता श्रेष्ठ र मिस्टर आरेजको स्वर छ ।
महलमा बस्ने र झुपडीमा बस्नेहरुको कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको चलचित्रको यो गीतमा नायक अनुप विक्रम शाहीलाई फिचरिङ गरिएको छ । यो चलचित्र जेठ ११ गतेबाट देशभर रिलिज हुनेछ । भोमन कटुवालले चलचित्रको निर्देशन गरेका हुन् ।
यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको प्रस्तुति रहेको चलचित्रमा अनुपविक्रम शाही, यादव देवकोटा ‘सरापे’, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङलगायतका कलाकार मुख्य भूमिकामा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4