Comments Add Comment

‘सत्रु गते’को ‘रुपै मोहनी’ सार्वजनिक


चैत्र ९ गतेबाट रिलिज हुने चलचित्र ‘शत्रु गते’को पहिलो गीत रिलिज गरिएको छ । ‘रुपै मोहनी’ बोलको गीत छायांकनदेखि नै चर्चामा थियो । अंग्रेजी नयाँ बर्षको अवसर पारेर गीत सार्वजनिक गरिएको निर्माणपक्षले बताएको छ । लोकराज अधिकारीको शब्द, टंक वुढाथोकीको संगीत, मिना निरौला र टंककै स्वर रहेको गीत लोकलयमा तयार पारिएको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा दिर्घ गुरुङको छायांकन छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार देखिएका छन् । हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको नृत्यका कारण पनि यो गीत सार्वजनिक अगावै चर्चामा थियो । गीतको भिडियोमा ३ पुस्तालाई देखाइएको छ ।

हरिवंश र दीपा , दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई दर्शकले देख्न पाउनेछन् । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको चलचित्रलाई मह संचारको प्रस्तुतीमा कलाकार किरण केसीले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment