Comments Add Comment

वाम एकता हुन्छ, कसैले शंका नगरे हुन्छ: गोकर्ण बिष्ट

१४ पुस, गुल्मी । एमाले सचिव तथा गुल्मी क्षेत्र नं. २ का संसद गोकर्ण बिष्टले एमाले माओवादी पार्टी एकताप्रति शंका नगर्न आग्रह गरेका छन् ।

शुक्रबार गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसको ३५ औं वाषिर्क उत्सव कार्यक्रमको उद्घाटन गर्दै बिष्टले दुई पार्टीवीचको बैचारिक एकता भएकाले संगठन संरचना कस्तो रहने र नयाँ संरचनासहितको नयाँ पार्टी निर्माण हुँने भएकाले केही ढिला भएको बताए ।

वामपन्थी एकताबारे बाहिर आएको हल्लाहरु सत्यता नभएको भन्दै विष्टले अब दुई पार्टीवीचको एकता कुनैपनि हालतमा नरोकिने दावी गरे । ‘एकताका लागि एमालेका पार्टी अध्यक्ष र माओवादीका पार्टी अध्यक्षवीच दिनहुँ छलफल भइरहेको छ, वाम एकता भएरै छोड्छ ।’

उनले अबको केही दिनमै वामपन्थीहरुको सरकार बन्ने बताए । निर्वाचन आयोगले समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक गर्न साथ नयाँ सरकारको बाटो अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment