Comments Add Comment

रामायणको सात सूत्र बुझियो भने दाम्पत्य जीवन सुखी र खुसी हुन्छ

यो एक वैज्ञानिक तथ्य हो कि, शारीरिक, मानसिक र आध्यात्मिक स्तरले स्त्री र पुरुष दुबै अधूरो हुन्छ । अर्थात एकअर्कामा पूर्णता हुँदैन । जब दुबै एक हुन्छ, तव त्यसले पूर्णता पाउँछ । तर, यो पूर्णता पनि त्यसबेला मात्र मिल्छ, जब पति र पत्नीमा आपसी समझदारी, विश्वास, प्रेम, भरोसा हुन्छ ।

धार्मिक ग्रन्थ रामायणमा पनि पति पत्नीबीच के कस्ता गुण हुनुपर्छ भनेर उल्लेख गरिएको छ, राम र सीताको माध्यामबाट । यहाँ सोहि कुरा उल्लेख गरिएको छ ।

पहिलो कुरा संयम

संयम अर्थात वेलाबखत उठ्ने मानसिक उत्तेजना जस्तो कि, क्रोध, कामवासना, लोभ, अहंकार, मोह आदिमा नियन्त्रण राख्नुपर्छ । श्रीराम र सीताले आफ्नो सम्पूर्ण जीवन एकदमै संयम एवं प्रेमपूर्वक विताए । उनीहरु कहिलेपनि मानसिक वा शारीरिक रुपले अनियन्त्रित भएनन् ।

दोस्रो कुरा सन्तुष्टि

सन्तुष्टि अर्थात एकअर्कासँग बसेको समय र परिस्थिती अनुसार जे सुख-सुविधा प्राप्त हुन्छ, त्यसमा सन्तोष गर्नु । दुबै एकअर्कामा सन्तुष्ट थिए । कहिले पनि श्रीराममा सीताले र सीतामा श्रीरामले कमी देखाएनन् । सबै परिवारसँग पर्याप्त धनदौलत नहुन सक्छ । व्यवहारिक कठिनाइहरु आउन सक्छ । कतिपय आवश्यक्ताहरु पुरा नहुन सक्छ । तर, यस्तो बेला गुनासो गर्ने होइन, बरु जे जति उपलब्ध छ त्यसैलाई व्यवस्थापन गरेर सन्तुष्ट रहनुपर्छ ।

तेस्रो कुरा सन्तान

दाम्पत्य जीवनमा सन्तानको पनि एकदमै महत्वपूर्ण स्थान हुन्छ । पति पत्नीको सम्बन्धलाई मधुर र मजबुद बनाउनका लागि बच्चाको अंहम भूमिका हुन्छ । राम र सीतालाई वनवासबाट मुक्त दिलाउन र उनीहरुवीच पवित्र सम्बन्ध छ भनेर सावित गर्नमा लव र कुशले एकदमै महत्वपूर्ण भूमिका खेले ।

चौथो कुरा संवेदनसिलता

पति पत्नी भइसकेपछि एकअर्काको भावनालाई बुझ्नुपर्छ । पतिले पत्नीको र पत्नीले पतिको समस्या, परिस्थिती, वाध्यतालाई बुझ्नुपर्छ । यसले दाम्पत्य जीवनलाई सहज, सरल र सौहार्द्धपूर्ण बनाउन मद्दत गर्छ ।

पाँचौ कुरा संकल्प

यसको अर्थ हो,पति पत्नीको रुपमा आफ्नो धर्म सम्बन्धलाई राम्ररी निर्वाह गर्नका लागि कर्तव्यलाई संकल्पपूर्वक पालना गर्नु ।

छैंठो कुरा शारीरक, आर्थिक र मानसिक मजबुदी

छैठौं कुरा यो हो कि, शारीरिक आर्थिक र मानसिक रुपमा मजबुद हुनुपर्छ । दाम्पत्य जीवन सफल र सुखी हुनका लागि पति पत्नी दुबै शारीरिक, आर्थिक र मानसिक रुपले बलियो हुनुपर्छ ।

सातौ कुरा समर्पण

दाम्पत्य जीवनमा पति पत्नी एकअर्काप्रति पूर्ण समर्पण र त्याग हुन आवश्यक छ । एकअर्काको लागि केहि इच्छा र आवश्यक्तालाई त्याग्नु पनि पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment