Comments Add Comment

गुरुङको ल्होसारमा लिम्बुको च्याब्रुङ नाच

१५ पुस, ताप्लेजुङ । गुरुङ समुदायले मनाउने तमु ल्होसार पर्व तप्लेजुङमा भने सबै जातजातिको सहभागितामा मनाइएको छ ।

गुरुङहरुको नयाँ वर्षका रुपमा मनाइने तमु ल्होसार विषेश कार्यक्रममा ताप्लेजुङमा भने लिम्बु समुदायले धान नाच र च्याबु्रङ नाच पनि प्रस्तुत गरिएको छ ।

सदरमुकाम फुङ्लिङस्थित तोक्मेडाँडाको सैनिक व्यारेकको प्राङ्गणमा भएको कार्यक्रममा लिम्बु, ब्राहृमण, क्षेत्री समुदायका स्थानीयको उपस्थिति देखिएको थियो ।

एक जातिले मनाउने पर्वमा अर्को जातिको पनि उपस्थिति रहे पर्वको महत्व र आकर्षण बढ्ने हुँदा सबैलाई कार्यक्रममा आमन्त्रण गरिएको हर्कराज गुरुङले बताए ।

सबै धर्म र जातिले मनाउने चाड पर्वमा सबैको उपस्थिति भए सामाजिक सद्भाव कायम हुने भएकाले ल्होसारमा च्याब्रुङ नाच प्रस्तुत गरिएको स्थानीय ज्ञानु फुरुम्बोले बताए ।

शुक्रबारबाट सुरु भएको ल्होसार विषेश कार्यक्रममा गुरुङ समुदायको परम्परागत खेलसहित भाले झार्ने, डोरी तान्ने लगायतका खेलको समेत आयोजना गरीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment