Comments Add Comment

‘रुपै मोहनी’लाई युटुबमा रुचाइयो, फिल्म के होला ?


अहिले मेकरहरु आफू निर्मित चलचित्रको ट्रेलर होस् या गीत, चाडो भन्दा चाडो समयमा धेरै भ्यूज पाएर रेकर्ड ब्रेक नै गरोस् भन्ने सोच्छन् । चलचित्रले हलमा कस्तो व्यापार गर्छ भन्दा पनि युटुबमा गीत र ट्रेलरको भ्यूज कति जान्छ भन्नेले बढी महत्व राख्न थालेको छ । यो होडमा ठूला ब्यानरका आशा गरिएका चलचित्र बढी देखिएका छन् ।

शुक्रबार दिउँसो सार्वजनिक भएको चलचित्र ‘सत्रु गते’को ‘रुपै मोहनी’ बोलको गीतले पनि युटुबको यस्तै होडमा बाजी मार्‍यो । गीत सार्वजनिक भएको २४ घन्टामै १ नम्बर ट्रेन्डिङमा पर्न सफल भयो भने भ्यूजमा पनि नयाँ रेकर्ड देखियो । यो गीतलाई २४ घन्टामा ८ लाख १८ हजार भन्दा बढी पटक हेरियो र यसले नयाँ रेकर्ड बनायो । अब, पक्का छ अर्को चलचित्रका निर्माता यो रेकर्ड तोड्ने दौडमा पक्कै लाग्नेछन् । गीतको भिडियो यो समाचार तयार पार्दासम्म २ नम्बर ट्रेन्डिङमा झरेको छ भने यसले ११ लाख भन्दा बढी भ्यूज पाएको छ ।

कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको यो गीतमा दिर्घ गुरुङको छायांकन छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, दीपाश्री निरौला, दीपकराज गिरी, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल लगायतका कलाकारलाई फिचरिङ गरिएको छ । प्रदिप भट्टराई निर्देशित चलचित्र चैत्र ९ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment