Comments Add Comment

काभ्रेका सुन्तला उत्पादक किसान भन्छन्, ‘अब बगैँचा फाड्नुको बिकल्प छैन्

सुन्तला उत्पादनमा वर्षै पिच्छे गिरावटले किसान चिन्तित !

१६ पुस, काभ्रे । २०७२ सालको विनासकारी भुकम्प पछि सुन्तला उत्पादनमा आएको गिरावटले किसानहरु चिन्तित बनेका छन् ।

काभ्रेको मुख्य उत्पादनको पकेट क्षेत्रका किसानहरुले बगैँचा फाड्नुको बिकल्प नभएको बताएका छन् ।

अब सुन्तलाको बगैँचा काटेर तरकारी लाउनुकोे विकल्प नभएको सुन्तला उत्पादनको मुख्य क्षेत्र पनौती पस्थलीका प्रेमबहादुर तामाङले दुखेसो पोखे ।

‘हामीले यही बगैँचाबाट १५ लाखसम्मको सुन्तला बेचेका थियौँ, तर अहिले १ लाख पाए भाग्य उनले थपे, यो रोग २०७२ सालको भुकम्प पछि आएको हो’ । उनले भने ।

आम्दानीको मुख्य स्रोत बनेको सुन्तला उत्पादनमा अत्याधिक गिरावट आउँन थालेपछि काभ्रेका सुन्तला उत्पादक कृषकहरु चिन्तित बन्न थालेका छन् ।

शंखुका कृषक शिवप्रसाद आचार्यले सुन्तलाको उत्पादनमा कमि आएपछि आयस्रोतको अरु विकल्प खोज्न थालिएको बताए ।

पछिल्ला दुई वर्षदेखि सुन्तला उत्पादनमा गिरावट आएसँगै सुन्तला उत्पादनको पकेट क्षेत्रका किसानहरु वैकल्पिक पेशाको खोजिमा समेत लागेका छन् ।

काभ्रेमा १ हजार ३ सय हेक्टरमा सुन्तलाको खेति हुने गरेको छ । गत वर्ष १२ हजार ६ सय मेक्ट्रीकटन सुन्तला उत्पादन भएकोमा यो वर्ष १५ प्रतिसत सम्म उत्पादनमा कमी आउने जिल्ला कृषि कार्यालयको प्रारम्भिक तथ्याङकले देखाएको छ ।

२०७२ सालको विनासकारी भुकम्पपछि सुन्तला उत्पादनमा कमि आउँन थालेपछि सुन्तलाको बगैँचा बारीबाट हटाएर अरु आय स्रोत खोज्न वाध्य हुन थालिएको पनौती ९ पस्थलीका मधु तामाङले बताए ।

सुन्तलाको बोट कुहिने, नुहिने, सुक्ने, फलेको सुन्तला पनि रसिलो नहुने जस्ता समस्या देखिएको छ ।

काभ्रेमा उत्पादन हुने सुन्तलाले राजधानी काठमाडौ देखि भारतको विहारसम्मको बजार यस अगाडी लिने गरेको थियो ।

सुन्तलामा सुन्तला उत्पादन हृास हुने रोगले उत्पादनमा गिरावट आएको जिल्ला कृषि विकास कार्यालय काभ्रेका वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डितले बताए ।

नमोवुद्ध ,पनौती, शंखु, बल्थली, सारदाबतासे, कुशादेवी, रयाले, पस्थली र खरिबोट लगायतका स्थान सुन्तला उत्पादनको पकेट क्षेत्र हुन् । काभ्रेमा ४० करोड भन्दा बढी सुन्तलाबाट रकम भित्रने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment