+
+
Shares

सराङकोटमा २ मजदुर मृत फेला, १ वेपत्ता

अमृत सुवेदी अमृत सुवेदी
२०७४ पुष १६ गते १९:४७

१६ पुस, पोखरा । पोखरा सराङकोटमा निर्माणधीन माउन्टेन रिसोर्ट एण्ड स्पा निर्माणमा खटिएका दुई मजदूर मृत अवस्थामा भेटिएका छन् । अर्का एक घाइते छन् ।

मजदूरको मृत्यु र घाइते अवस्थामा भेटिएपछि घटना शंकास्पद बनेको छ । आइतबार अवेरसम्म मजदुर काममा नआएपछि उनीहरुको खोजी सुरु गरिएको थियो । निर्माणाधीन भवनमा काम गर्ने अन्य मजदुरले आफ्ना साथीहरुको खोजी गरेका थिए ।

सुतिरहेको कोठामै २ जनालाई मृत अवस्थामा र १ जनालाई घाइते अवस्थामा भेटाएका थिए । उनीहरुको पुरै परिचय नखुले पनि धरान, धनकुटातिर घर भएको बताइएको छ ।

घाइते भएका १ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनी गम्भीर बिरामी छन् । ३०/३२ वर्ष जतिका देखिने तीनैजना पुरुष मजदुरहरुको शरीरमा चोट देखिएको छ । शरीरमा चोट देखिएकाले उनीहरुको हत्या भएको पनि हुन सक्ने प्रहरी अनुमान छ । तर, कसरी घटना भयो र यसको कारण के थियो प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले मृतक तथा घाइतेका साथी, काम लगाउने व्यक्ति र स्थानीयसँग सोधपुछ गरी अनुसन्धान गरिरहेको छ । अघिल्लो दिन १५ पुस भएकाले मजदुर बिदामा थिए । निर्माण पक्षले सार्वजनिक बिदाका दिन मजदुरलाई पनि बिदा दिएको थियो ।

उनीहरु अघिल्लो दिन मदिरा सेवन गरी हिँडेको स्थानीयले बताएका छन् । तर, मदिराकै कारण उनीहरुको मृत्यु भएको कि हत्या गरियो भन्ने बारेमा यसै भन्न नसकिने प्रहरीले बताएको छ ।

४ जना एउटै कोठामा सुतेकोमा २ जना मृत र एक जना घाइते हुँदा पनि अरुले मजदुरले भने पत्तै नपाएको बताउँछन् । एक जना अझै वेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ । घटनाको अनुसन्धानको लागि प्रहरीले ११ जना लाई गिरˆतार गरेको छ । वेपत्ता मजदुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?