Comments Add Comment

हनिमुन मनाउन गएका विराट-अनुष्का यस्तो अवस्थामा भेटिए

विराट कोहली र अनुष्का शर्मा हनिमुनका लागि दक्षिण अफ्रिका पुगेका छन् । केही समयअघि यो जोडीले सेल्फी खिचेर तस्वीर सार्वजनिक गरेका थिए । तस्वीर हेर्दा लाग्थ्यो, नयाँ बर्षको मुडमा उनीहरु मस्ती गरिरहेका छन् ।

हालै भने उनीहरुको अर्को तस्वीर भाइरल भएको छ । तस्वीरमा अनुष्का र विराट किनमेल गरिरहेको देखिन्छ । किनमेल गर्नु त नौलो भएन । तर, उनीहरुले ५० प्रतिशत डिस्काउन्ट खोज्दै त्यहाँ पुगेका देखिन्छ । ५० प्रतिशतसम्म डिस्काउन्टको सेल बजारमा विराट र अनुष्का देखिएका हुन् । विराटले झोलामा केही सामाग्री झुन्ड्याएका छन् ।

उनीहरुको यस्तो तस्वीर सार्वजनिक भएपछि उडाउनेहरुको जमात कम्ता छैन, सोशल मिडियामा । उनीहरु दुबै करोडौं कमाई गर्छन्, तैपनि डिस्काउन्ट खोज्दै हिँडेका छन् भन्ने आशयको टिप्पणीसहित उनीहरुलाई उडाइएको हो ।

तस्वीरमा विराट र अनुष्कासँगै शिखर धवनकी पत्नी आयशा पनि देखिन्छ । त्यसो त विराट त्यहाँ टिम इन्डियाका सदस्यसँगै पुगेका हुन् । उनीहरु ५ जनवरीदेखि टेस्ट सिरिज पनि खेल्दैछन् । यसै मेसोमा विराट, धवन, भूवनेश्वर सहित इन्डियन क्रिकेटर्सका पत्नी पनि त्यहाँ घुमघाम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment