Comments Add Comment

नाजिरलाई ‘राज्जा’ बनेपछि रिस मात्र उठ्थ्यो


नायक नाजिर हुसेनका लागि पौष २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘राज्जा रानी’ महत्वपूर्ण छ । कारण, चलचित्र ‘गाँठो’को व्यवसायिक असफलताले उनलाई ठूलै झट्का दिएको थियो । ‘गाँठो’पछि उनको रिलिज हुन लागेको नयाँ चलचित्र ‘राज्जा रानी’ हो ।

यो चलचित्रमा नायिका केकी अधिकारी उनको श्रीमतिको भूमिकामा देखिएकी छिन् । तर, रियल लाइफमा नाजिर केकी श्रीमति हुन योग्य नभएको बताउँछन् । नाजिरका अनुसार जब चलचित्रको सेटमा उनी ‘राज्जा’को पहिरन लगाउथ्य, त्यसपछि उनलाई रिस मात्र उठ्थ्यो । साथीलाई कुट्नुपर्ने वा रिसाउनु पर्ने दृश्यमा आफू निकै रिसाउने गरेको अनुभव उनले पत्रकारहरुसँग शेयर गरेका छन् ।

नाजिरका अनुसार, यो चलचित्र हेरेपछि दर्शकले उनको भूमिकालाई लामो समयसम्म संझनेछन् । नाटकबाट चलचित्रमा आएकाले पनि नाजिरको अभिनयमा थिएटरको झल्को आउँछ । नाजिर, यो झल्को ‘राज्जा रानी’ हेरेपछि नआउने बताउँछन् ।

चलचित्रमा आफूले आफूलाई मपाई भन्ने भूमिकामा देखिएको नाजिरले सुनाए । ‘आजको नेता र भोलीको मन्त्री सोच्ने भूमिकामा छु, जसले अरुले भनेको फिटिक्कै मान्दैन’-नाजिरले आफ्नो भूमिकाको बारेमा प्रष्ट्याए ।

यम थापाको निर्देशनमा तयार भएको चलचित्रलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । करिब २ महिनादेखि नेपाली बक्स अफिसमा देखिएको सुख्खापनलाई ‘राज्जा रानी’ले हटाउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment