Comments Add Comment

भारतीय विदेश सचिवमा गोखले नियुक्त, जयशंकर अाउट हुँदै !

दोक्लाम विवाद सुल्झाउने गोखले चीनप्रति नरम हाेलान् ?

१८ पुस, नयाँ दिल्ली । भारतीय बिदेश मन्त्रालयको सचिवमा बरिष्ठ कुटनीतिज्ञ विजय केशव गोखले नियुक्त भएका छन् । उनी आगामी २ वर्षको लागि उनी विदेश सचिव नियुक्त भएका हुन् ।

गोखलेले वर्तमान विदेश सचिव एस जयशंकरलाई प्रतिस्थापन गर्नेछन् । जयशंकरको कार्यकाल आगामी जनवरी २८ देखि सकिँदैछ ।

भारतीय विदेश सेवामा सन् १९८१ ब्याचका अधिकृत गोखलेले यसअघि चीनका लागि भारतीय बिशेष दूत भएर काम गरिसकेका छन् ।

उनी पछिल्लो समय भारतीय बिदेश मन्त्रालयको आर्थिक सम्बन्धतर्फका सचिव थिए ।

गत वर्ष भारत र चीनबीच दोक्लाममा बढेको विवाद सुल्झाउन महत्वपूर्ण भूमिका खेलेका गोखलेले परराष्ट्र मन्त्रालयको सचिवको जिम्मेवारी पाएका हुन् । दोक्लाम विवाद उत्कर्षमा पुगेका बेला भारत र चीनलाई वार्ताको टेवलमा एकत्रित गराउन गोखलेको भूमिका सराहनीय मानिन्छ ।

भारतको मन्त्रिपरिषद बैठकले गरेको गोखलेको नियुक्तिलाई क्रमिक तथा प्रशिक्षण विभागले पनि अनुमति दिएको छ ।

एस जयशंकर सन् २०१५ को जनवरी २९ मा विदेश सचिव पदमा दुई वर्षे कार्यकालका लागि नियुक्त भएका थिए । गत वर्ष उनको कार्यकाल १ वर्ष थपिएको थियो ।

जयसंकर अाफ्नो कार्यकालमा नेपाल मामिलाबारे अालाेचित विदेश सचिव हुन् । नेपालकाे संविधान निर्माण प्रक्रियामा हस्तक्षेपकारी भूमिका खेल्न खाेजेपछि नेपालीहरू जयशंकरप्रति रूष्ट रहँदै अाएका बेला भारतको नयाँ विदेशसचिवमा चीनसँग नरम भनेर चिनिएका गोखले अाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment