+
+
Shares

पाथिभरा क्याम्पसको स्तरोन्नति गर्न महायज्ञ

रविन भट्टराई रविन भट्टराई
२०७४ पुष १८ गते १८:०४

१८ पुस, ताप्लेजुङ । जिल्लाकै पुरानो पाथिभरा बहुमुखी क्याम्पसको स्तरोन्नतिका माघ तेस्रो सातादेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको लगाइने भएको छ ।

क्याम्पसको भौतिक संरचनाको वृद्धिविकास र सङ्काय थप गर्दै तह वृद्धिका लागि माघ २४ गतेबाट ७ दिने संगीतमय श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइन लागिएको हो ।

महायज्ञ सम्पन्न गर्नका लागि मुल आयोजक समिति सहित विभिन्न आठ वटा उप–समिति समेत गठन गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र तुम्याहाङले जानकारी दिए ।

महायज्ञबाट सङ्कलित रकमले शिक्षा शास्त्र सङ्कायतर्फ स्नातकोतर तह सञ्चालन गर्ने र जीर्ण भएका भवन निर्माण गर्ने तयारी रहेको क्याम्पस प्रमुख मोहन राईले बताए ।

महायज्ञ सम्पन्न गर्न १० लाख रुपैयाँ खर्च हुने अनुमान छ भने ३ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?