Comments Add Comment

चम्किलो, मुलायम र सफा अनुहारका लागि सरल उपाय

पानीको वाफ लिने चलन प्राय सबैतिर छ । खासगरी रुँघाकोखीले गाँजेको अवस्थामा त्यसबाट राहत पाउन पानी उमालेर त्यसको वाफ लिने गरिन्छ । प्राकृतिक उपचारको प्रभावकारी विधी हो यो, जो हानिरहित पनि छ ।

पानीको वाफ लिँदा त्यसको तापले फोक्सो खुल्छ । रुँघा निको हुन्छ । पानीको वाफ लिनु झन्झटिलो छैन । खर्चिलो पनि छैन । न समय लाग्छ, न श्रम । सजिलै ढंगबाट यसले प्रभावकारी काम गर्छ ।

छालाको सौन्दर्यका लागि

पानीको वाफले रुँघामा मात्र राहत दिदैन । यसले अनुहारको चमक बढाउन पनि काम गर्छ । अनुहारको सौन्दर्यका लागि पानीको वाफ लिने प्रचलन पनि नभएको होइन ।

जब तातो पानीको वाफ लिइन्छ, त्यसले छालाको छिद्रहरुलाई खुला गर्छ । रोम छिद्रमा जम्मा भएका मैलालाई बाहिर निकाल्छ । यसले छालाभित्र विकार रहन पाउँदैन । छालामा रक्तप्रवाह पनि राम्ररी हुन पाउँछ । नतिजा के हुन्छ भने, अनुहार चम्किलो, मुलायम र सफा देखिन्छ ।

निश्चित समयमा यसरी पानीको वाफ लिन सकिन्छ । पानीमा ताजा पुदिना वा गुलाफ पनि मिसाउन सकिन्छ ।

१. बन्द छिद्रहरु खोल्छ

अनुहारमा रहेका बन्द छिद्रहरु खोल्नका लागि सबैभन्दा राम्रो तरिका हो वाफ लिनु । तातो वाफले तपाईंको डेड स्किनलाई निकालिदिन्छ र अनुहारको छिद्रहरुलाई सास फर्ने मद्दत गर्छ । यसबाट छाला भित्रैदेखि सफा हुन्छ, जसको अर बाहिर पनि देखिन्छ ।

२. रक्तसञ्चार

अनुहारमा वाफ लिँदा छालाभित्र राम्ररी रक्तसञ्चार हुन्छ । वाफ परेपछि छाला एकदमै स्वस्थ हुन्छ । यदि आफ्नो अनुहारको रंग बदल्न हो भने हप्तामा एक पटक वाफ लिनुपर्छ ।

३. डण्डीफोरबाट बचाउँछ

जब छालाभित्रको तैलिय ग्रन्थि फोहोरले भरिन्छ, त्यतिबेला डण्डीफोर निस्किने सम्भावना पैदा हुन्छ । यस्तोमा स्टिमिङ गरेर उक्त फोहोरलाई बाहिर निकालिन्छ, जसबाट तैलिय ग्रन्थीले सही ढंगबाट काम गर्न सक्छन् ।

४. छालालाई कसिलो बनाउने

छालामा चाउरी पर्न थालेको छ भने त्यसले पाको उमेरको देखाउँछ । तर, नियमितरुपमा वाफ लिने हो भने यसले अनुहारलाई कसिलो बनाउँछ । त्यसैले हप्तामा एक पटक आफ्नो अनुहारमा वाफ अवश्य लिने गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment