+
+
Shares

निर्वाचनको समिक्षा गर्न राप्रपा केन्द्रीय समिति बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १९ गते ९:४०

१९ पुस, काठमाडौं । निर्वाचनको समिक्षा गर्न र आगामी रणनीति बनाउन राप्रपाको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । प्रवक्ता भुवन पाठककाअनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा नै बैठकको मुख्य एजेण्डा छ ।

अध्यक्ष कमल थापाले निर्वाचनमा हार व्यहोर्नुको कारणसहित समिक्षात्मक प्रतिवेदन बैठकमा पेश गर्ने कार्यसूची छ । अघिल्लो संसदमा राप्रपाका २५ सांसद रहेपनि प्रतिनिधिसभा निर्वाचनबाट एक सिटमा खुम्चिएको छ ।

मध्यान्ह बस्ने बैठकमा महामन्त्रीले पेश गर्ने संगठनात्मक र कोषाध्यक्षले पेश गर्ने आर्थिक प्रतिवेदनमा पनि छलफल हुनेछ ।

फागुन दोस्रो साता वीरगञ्जमा बस्ने केन्द्रीय परिषद बैठकबारे पनि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?