+
+
Shares

शीतलहरका कारण कपिलवस्तुका सामुदायिक विद्यालय बन्द

रासस रासस
२०७४ पुष १९ गते १४:५५

१९ पुस, कपिलवस्तु । लगातारको शीतलहरका कारण बढ्दै गएको चिसोका कारण कपिलवस्तुका सामुदायिक विद्यालय पुस मसान्तसम्मका लागि बिदा भएका छन् ।

अर्धवार्षिक परीक्षा सम्पन्न गरी शैक्षिक क्यालेण्डरअनुसार नै जाडो बिदा गरिएको तौलिहवा स्रोत केन्द्रका स्रोत व्यक्ति ईश्वरचन्द्र गुप्ताले बताए ।

वाणगंगा स्रोत केन्द्रअन्तर्गतका विद्यालयमा भने आइतबारबाट विद्यालय बन्द हुने जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक खिमबहादुर जिसीले बताए ।

अधिक चिसो भएका कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न हुने भएकाले जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा विद्यालय बन्द भएको विद्यालय निरीक्षक जिसीले बताए ।

चिसोका कारण जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा निमोनिया, झाडापखालालगायत बिरामीको संख्यामा वृद्धि भएको जिल्ला अस्पताल तौलिहवाका मेडिकल सुपरिटेन्डेण्ट किशोर बन्जाडेले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?